×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिभिल बैंकमा अनलाईन खाता खोले एक सय रुपैयाँ पाइने

काठमाडौं – सिभिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि अनलाईन अकाउन्टको सुरुवात गरेको छ । उक्त अनलाईन अकाउन्ट सुबिधा बैंकको स्मार्ट बेवसाइट http://wwww.civilbank.com.np/ तथा “को बन्छ करोडपति”(KBC)को मोबाईल एप मार्फत उपलब्ध गराइएको छ ।
जसमा ग्राहकहरुले आफ्नो ब्यक्तिगत बिबरण उल्लेख गरेपश्चात एउटा unique code उपलब्ध हुनेछ जसको आधारमा ग्राहकहरुले आफ्नो नजिकैको सिभिल बैंकको शाखामा गई सो unique code verify गराएर खाता खोल्न सक्नेछन् । त्यस खातामा बैंकले १०० को ब्यालेन्स उपलब्ध गराउने छ ।
अनलाइन अकान्टका विषेशता एक बर्षकालागी निशुल्क Debit Card, Internet Banking सुविधा, दुई बर्षका लागी निशुल्क Mobile Banking सुबिधा, निशुल्क चेक बुकका सथै ५ लाख सम्मको दुर्घटना तथा स्थायी अशक्तताको निशुल्क बीमा सुबिधा दिने बैंकले जनाएको छ । 
हालसम्म बैंकले ७१ वटा शाखा मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सुविधा दिँदै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: