'हामी कुनै एक विषयका मात्र विज्ञ होइनौं, सरकारले हाम्रो क्षमता अव चिन्नुपर्छ' : एक्यानका उपाध्यक्ष दीपक पाण्डे

  • अर्थ सरोकार सम्बाददाता 
नेपाल चार्टड एकाउन्टेन्ट्स संघका उपाध्यक्षले सिएहरुलाई एकाउन्टेन्ट वा लेखापरीक्षकको रुपमा मात्र नहेर्न सरकारका मन्त्री, गभर्नरलगायतका बिसिष्ट व्यक्तित्वहरुलाई अनुरोध गरेका छन् । संघले आयोजना गरेको सिए कन्फेरेन्स २०७५मा आफ्नो मन्तव्य राख्दै उनले आफुहरु राष्ट्रिय समृद्धिका साझेदारहरु भएकाले सिएहरुको भूमिकालाई सरकारले बुझेर उचित काम दिनुपर्ने बताएका छन् । 

उनले सिएहरु एक वा दुइ विषयभन्दा पनि कर्पोरेट क्षेत्रमा धेरै विषयको बिज्ञ हुने हुनाले सिएहरुलाई राष्ट्रिय समृद्धिमा साझेदारको रुपमा लिन सरकारसँग आग्रह गरेका छन् । सिएहरुको संख्या १७०० बढी पुगिसकेको र २० हजार विद्यार्थी सिए अध्ययन गरिरहेको स्मरण गराउँदै उनले सिएहरुले दिन सक्ने योगदानको उचित कदर गरे 'समृद्ध नेपाल, सुखी नेपाली'को नारा यथार्थमा परिणत हुने विश्वास व्यक्त गरेका छन् । हेरौं उनले कार्यक्रममा दिएको मन्तव्य
प्रकाशित मिति : Friday, January 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal