×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिआईजीको निशानामा तराईका हतियारधारी समूह

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ पुष २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

डिआईजीको निशानामा तराईका हतियारधारी समूह

सिराहा – प्रदेश नम्बर २ प्रहरीको नेतृत्वमा डिआईजी हरि पालको सरुवासँगै तराईमा हतियारधारी समूहको आपराधिक कृयाकलाप विस्तारै नियन्त्रणमा आउन थालेको छ ।
विगत तीन महिनामा दुई नम्बर प्रदेश अन्तर्गतका बारा, सिराहा, महोत्तरी, पर्सा, रौतहट र सप्तरीलगायतका जिल्लाहरुबाट भन्सार छली ल्याइएका तीन करोड २७ लाख ३८ हजार रकम बरावरको लत्ताकपडा, खाद्य सामाग्री तथा सवारीसाधनका पार्ट पूजा बरामद गरी भन्सारलाई बुझाइएको छ भने ५८ जना व्यक्ति पक्राउ परेका छन् ।
डिआईजी पालको सरुवा सँगै लागू औषध मुद्दामा १५८ जना व्यक्तिलाई पक्राउ गरी १३९ जनामाथि मुद्दा चलाइएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
त्यसैगरी सकारी छाप किर्ते दस्तखतमा संलग्न गिरोह पनि प्रहरी फन्दामा परेको छ । भारतीय नोट र अवैध चाँदी सहित पक्राउ परेका चार जनामाथि मुद्दा चलाइएको छ ।
जघन्य अपराध, अपहरण, ठगी, जबरजस्ती करणी, डाँका, चोरी, लागूऔषधलगायत मुद्दाका ५० जना फरार प्रतिवादीहरुलाई दुई नम्बर प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका यूनिटहरुले पक्राउ गरिसकेको छ ।.
त्यस्तै, दुई नम्बर प्रदेश प्रहरीको विशेष टोलीले अत्याधुनिक हतियार एसएमजीसहित गोइत समूहका चतुर नारायण चौधरीलाई मंगलबार पक्राउ ग-यो ।
प्रदेश नम्बर २ प्रहरीको विशेष टोली र जिल्ला प्रहरी कार्यालयले चलाएको संयुक्त अप्रेसनमा सिराहाकै धनगढीमाई नगरपालिका–११ का ४६ वर्षीय चतुर नारायण चौधरी पक्राउ परेका थिए ।
चौधरीलाई एसएमजी हतियार १ थान, म्याग्जिन २ थान र ५ राउण्ड गोली सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआईजी हरि पालले जानकारी दिए ।
दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय गोलबजार सिराहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले स५प ३७४१ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा चौधरीले बोकेको झोलाबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।
तत्कालीन माओवादीका लडाकु चौधरी पछिल्लो समय गोइत समूहमा आबद्ध थिए । उनी स्वतन्त्र तराई निर्माण सेना समूहमा आवद्ध रहेको खुल्न आएको छ । दुई नम्बर प्रदेशमा डिआईजी पालको सरुवासँगै हतियारधारी समूहहरु प्रहरीको निशानामा पर्न थालेका छन् ।
तराईका आपराधिक समूहका गतिबिधीलाई निश्कृय बनाउन डिआईजी पाल आँफै खटिएका छन् । यसअघि सरकारी कागज कीर्ते गरी अर्बौको जग्गा बिक्री गर्ने रत्न सागर मन्दिरका महन्थ बैकुण्ठ दास वैष्णवलाई डिआईजी पालकै पहलमा पक्राउ गरी मुद्दा चलाइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: