×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआइसी एसिया बैंकको ४० लाख कित्ता ऋणपत्र माघ १३ देखि आउँदै, ब्याज कति ?

डिबेन्चर  नोटिस : 
कम्पनी : एनआइसी एसिया बैंक
खुला हुने मिति : माघ १३ गते
कित्ता : ४० लाख (१६ लाख इकाईमा सर्वसाधारण, ८० हजार कित्ता म्युचुअल फन्डहरुलाई र बाँकी २४ लाख कित्ता भने एनआइसीले अन्य संघसंस्था तथा कम्पनीहरुलाई)
भर्न पाइने अन्तिम मिति :  माघ १६ गते
विवरण : 
एनआइसी एसिया बैंकले ‘१०% एनआइसी एसिया डिबेन्चर २०८५।८६’ जारी गर्न लागेको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । कुल ४० लाख कित्तामध्ये १६ लाख इकाईमा सर्वसाधारणलाई र यसमध्ये ८० हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ भने बाँकी २४ लाख कित्ता अन्य संघसंस्था तथा कम्पनीहरुलाई बिक्री गर्ने भएको छ ।
बैंकको ऋणपत्रमा माग १३ गतेदेखि माघ १६ गतेसम्म आवेदन खुल्ला हुने भएको छ। माग १६ गतेसम्म पर्याप्त आवेदन नपरेको खण्डमा फागुन १३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । एनआइसीले यो ऋणपत्रमा वार्षिक १०% ब्याज दिनेछ । १० वर्ष अवधिको यो ऋणपत्र आर्थिक वर्ष २०८५।८६ मा परिपक्क हुनेछ । 
ऋणपत्र बिक्रीबाट उठेको रकममध्ये ३ अर्ब २० करोड रुपैयाँ कर्जा तथा सापट र ४० करोड लगानीका लागि उपयोग गर्ने बैंकले जनाएको छ । यस्तै, शाखा विस्तार तथा अन्य काममा २०–२० करोड रुपैयाँ उपयोग गर्नेछ । केयर रेटिङ नेपालले एनआइसीको ऋणपत्रलाई न्यून कर्जा जोखिम जनाउने ‘ए’ रेटिङ दिएको छ ।
आवेदन दिने ठाउँ :
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ
एनआइसी एसिया बैंकको सम्पूर्ण शाखाबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: