×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

डिसहोमका ग्राहकहरुलाई ‘धमाकेदार’ अफर : सवैभन्दा कम मासिक शुल्कमै एचडी हेराइको मज्जा !

काठमाडौँ- नेपालको पेटभि क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. ले नयाँ कनेक्सन जडान गर्ने ग्राहकहरुको लागीनेपालमानै सवैभन्दा सस्तो मुल्यको मासिक मुल्यमा आफ्नो सेवाहरु प्रदान गर्न सुरु गरेको छ । डिशहोमले वजारकै सवैभन्दा कम मुल्यका विभिन्न प्याकेजहरु प्रदान गरेको छ । जसअन्तर्गत बाबाआमा, गृहिणी र वच्चाहरुका लागि उपयुक्त च्यानलहरुभएको बेसिक प्याकेजको रु २५०, देखि खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण च्यानलहरु समावेश भएको मिडियम प्याकेजको रु ३००सम्मका आकर्षक प्याकेजहरु सार्वजनिक गरेको छ । 
नेपालको एक मात्रस्याटेलाइट प्रविधिमा आधारित डि.टि.एच. सेवा प्रदायक डिशहोम ग्राहकको रोजाई अनुसारको उत्कृष्ट तथा गुण्स्तरीय सेवा प्रदानगरिहेको दावी कम्पनीको छ । पिक्चर क्वालिटिमा सवैभन्दा गुणस्तरिय सेवा प्रदान गरिरहेको डिशहोम, १६ लाखभन्दा वढी परिवारहरुले प्रयोगगरिरहेका छन् । रमाईलो टिभि, एक्सन स्पोर्टस्, प्लस मुभि जस्ता आफ्नै च्यानलहरुले पनि डिशहोमको लोकप्रियता वढाउनको लागि महत्वपुर्ण भुमिका खेलेका छन् । नयाँ रिलिज नेपाली सिनेमा घरमा नै बसी हेर्न पाउने सुविधापनि डिशहोमले नेपालमै पहिलो पटक भित्राएको छ । 
यसैगरी चौविसै घण्टा संचालनहुने स्वचालितग्राहक सेवा केन्द्र, ग्राहकहरुले आफै सेवालिन सक्ने मोवाईल एप र नेपालको कुनै पनि गाँउपालिका तथा नगरपालिका र त्यस भित्रकाहरेक वडाहरुमा विक्रि पछिको सेवा प्रदान गर्न सक्ने क्षमता समेत डिशहोममा रहेको छ । दिर्घकालीन व्यवसाय, ग्राहकहरुलाई गुणस्तरिय सेवा र हरेक नेपालिलाई सूचना तथा मनोरञ्जन प्रदान गर्ने लक्ष लिएको डिशहोम आगामीदिनहरुमा यस्तै वजारमुखी सेवाहरु थपगर्दै जाने योजनामा रहेकोसमेत कम्पनीबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: