×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका अभियुक्त इन्काउन्टरमा मारिए, तराईमा डिआईजी पाल आक्रमक बन्दै

सप्तरी – दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दीपेन्द्र जैसवाल मारिएका छन् । प्रहरीलाई देख्नेवित्तिकै जैसवालले फायरिङ गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको र त्यस क्रममा जैसवालको मृत्यु भएको २ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी हरि पालले बताए।
जैसवालको टाँउकोमा गोली लागेको छ। एक साताअघि सप्तरीमै प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ । 
मोटरसाइकलमा आएका समूहको गोली प्रहारपछि प्रहरी हवल्दार यादव घाइते भएका थिए । सप्तरीको खडक नगरपालिका अन्तरर्गत बोदे बर्साइन जाने बाटोमा ड्युटीमा खटिएका उनीमाथि गोली प्रहार भएको थियो । जैसवालले २०७४ सालमा सप्तरीमै प्रहरीको गाडीमा एम्बुस प्रहार गरेका थिए । 
जैसवालले २०७२ भदौमा प्रहरी असई रमेश सुब्बाको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका थिए । उनको साथबाट प्रहरीले एकथान पेस्तोल पनि बरामद गरेको जनाएको छ । २ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआइजी हरि पालले अबैध हतियार कारोबरी, आपराधिक क्रियाकलाप गर्ने शशस्त्र समुहका गतिबिधीलाई आक्रमक रुपमा कारवाही अभियान चलाउन निर्देशन दिएसंगै प्रहरी कारवाही तिब्र बनेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: