×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभरेष्ट बैंकको ‘सिएसआर’: छात्रा शौचालय बनाउन चार लाख सहयोग

काठमाडौँ – एभरेष्ट बैंकले नवलपरासी जिल्लामा शौचालय निर्माण गर्न जोन्टा क्लबलाई चेक हस्तान्तरण गरेको छ । एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठले क्लबका प्रतिनिधि सिमा गोल्छा र समीना श्रेष्ठलाई सरकारी स्कुलमा महिला विद्यार्थीका लागि शौचालय निर्माण गर्न चार लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
स्वच्छता र शौचालय अभावका कारण महिला विद्यार्थीको स्कुल छोड्ने संख्यामा सुधार आउने बैंकले आशा व्यक्त गरेको छ । कार्यक्रममा बैंकका डीजीएम गिरिश कोहली, समीना श्रेष्ठ, नवलपरासी शौचालय निर्माण प्रोजेक्टका सदस्य र अन्य प्रतिष्ठित व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।
बैंकका ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ । हालै भएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: