×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गण्डकी विकास बैंकले १४.२०% नगद लाभांश सेयरधनीको खातामा पठाउन थाल्यो, नपाएकाले के गर्ने ?

काठमाडौं – गण्डकी विकास बैंकले आफ्नो सेयरधनीको खातामा १४.२०% नगद लाभांश पठाउन थालेको छ । बैंकले पुस १० गतेसम्म डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएकाहरुको नगद लाभांश खातामा पठाइदिएको हो । यस्तै, पुस १० पछि डिम्याट गर्नेहरुको पनि नगद खातामै जम्मा गर्ने तयारी भइरहेको बैंकले जनाएको छ ।
अहिलेसम्म पनि सेयर प्रमाणपत्रकै रुपमा राखेका सेयरधनीले भने डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र लाभांश पाउने छन् । तसर्थ, डिम्याट नगरेकालाई तत्काल सेयर डिम्याट गर्न पनि बैंकले भनेको छ । 
लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सक्नेछन् । त्यसपछि सम्बन्धित सेयरधनीको डिम्याट खातामा नगद लाभांश जम्मा हुनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: