हेर्नुहोस् बिहिबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार प्रति तोला ६० हजार ९ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य पनि स्थिर रहेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार २ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ४७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।
प्रकाशित : Thursday, January 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal