गण्डकी विकास बैंकद्धारा रुपन्देहीको उजेलापुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं - गण्डकी विकास बैंक लिमिटेडको सेमलार शाखा रुपन्देहीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले बुटवल उपमहानगरपालिका १५ उजेलापुर टोलमा कार्यक्रम गरेको हो । कार्यक्रमा १०० भन्दाबढीको सहभागिता थियो जसमध्ये ३० जनाले बैंक खाता खोलेको शाखा प्रबन्धक ज्ञानेन्द्र पोख्रेलले बताए । 

कार्यक्रममा पोख्रेलले वित्तीय साक्षरताको महत्व र उद्देश्यमाथि प्रकाश पारेका थिए । पोख्रेलले सेमलार क्षेत्रभित्रका टोल, शैक्षिक संस्था तथा क्लवसँग समन्वयन गरी प्रभावकारी वित्तीय साक्षरता कार्यक्रमलाई विस्तार गर्ने बताए ।
प्रकाशित मिति : Thursday, January 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal