गण्डकी विकास बैंकको साधारण सभा आज, यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस : 
कम्पनी : गण्डकी विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : बिहिबार, पुस २६ गते 

विवरण :
गण्डकी विकास बैंकको साधारण सभा आज माउन्ट कैलाश रिसोर्ट लेकसाइड, पोखरामा सुरु भएको छ । सभाका लागि कम्पनीले पुस ११ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गरेको छ ।

पेस गर्ने प्रस्तावहरु :
१४.२०% नगद लाभांश दिने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने। 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।  
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ७५ करोड रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : १० करोड २७ लाख ८८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १४ रुपैयाँ ९५ पैसा
प्रतिसेयर नेटवर्थ : १४० रुपैयाँ ६३ पैसा
प्रकाशित : Thursday, January 10, 2019

recent

Popular Posts