गरिमा विकास बैंकको नयाँ शाखा नयाँ बानेश्वरमा, राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरे उद्घाटन

काठमाडौँ - गरिमा विकास बैंक लिमिटेडले बुधबार नयाँ बानेश्वर, काठमाडौँ शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेको हो । 

काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौँ उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ६६ शाखा र १५ वटा एटीएम सञ्चालनमा छन् । विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ । 
प्रकाशित मिति : Wednesday, January 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal