×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनरल इन्स्योरेन्सका ग्राहकले चिरायू हस्पिटलबाट नगदरहित स्वास्थ्य सेवा पाउने

काठमाडौं – जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र चिरायू हस्पिटल बीच नगद रहित उपचार सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक एसकेतमोट र अस्पतालका तर्फबाट निर्देशक चण्डेश्वर नन्दराज वैधले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार जनरल इन्स्योरेन्स बाट औषधी उपचार बीमालेख लिएका सम्पुर्ण ग्राहकहरुले सो अस्पतालमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा चिरायु हस्पिटलबाट नगदरहित उपचार सेवा पाउने छन् ।
जनरल इन्स्योरेन्स नेपाल लिमिटेडले प्रदान गर्ने सेवालाई सरलीकृत गर्ने उद्देश्यका साथ देश भरी नै रहेका अस्पतालहरु सँँग नगदरहित सेवा सम्वन्धि सम्झौता गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: