×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घलेम्दी हाईड्रोको शेयर व्यबस्थापनमा भिबोर क्यापिटल नियुक्त

काठमाडौं – घलेम्दी हाइड्रो लिमिटेडको शेयर ब्यबस्थापनमा भिबोर क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
घलेम्दी हाइड्रो लि.का तर्फबाट सञ्चालक नारायण बाबु अधिकारी र भिबोर क्यापिटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौरभ तिमिल्सिनाले सो सम्बन्धी सहमती पत्रमा हस्ताक्षर गरेका हुन ।
घलेम्दी हाइड्रोले हालसालै १५ लाख ३३ हजार ७७० कित्ता सर्वसाधारण शेयर आइपिओ निष्काशन गरी माघ १ गते बाँडफाँड गरेको थियो । सहमतीसंगै उक्त कम्पनीको साधारण शेयर सुचिकरण भए पश्चात धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ को नियम २४(७) बमोजीम शेयर सोझै हितग्राही खातामा जम्मा हुने कम्पनीले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: