ग्लोबल आइएमई बैंकको १२औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं - ग्लोबल आइएमई बैंकले आफ्नो १२औं वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

“रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको थियो । मुलुकमा देखिएको रगत अभाबलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

हाल बैंकले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकलार्य बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति : Friday, January 11, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal