×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई लघुवित्तले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा १६२.४८% ले वृद्धि हुनुमा यस्तो छ कारण

काठमाडौं – ग्लोबल आइएमई लघुवित्तले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा १६२.४८% ले वृद्धि गरी एक करोड ९६ लाख ७ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद नाफा ७४ लाख ७० हजार रुपैयाँ मात्र रहेको थियो ।
संस्थाले खुद ब्याज आम्दानीमा १०६.०८% वृद्धि गरि ५ करोड १८ लाख ४७ हजार रुपैयाँ पुर्याउन सफल भएको छ भने सञ्चालन नाफा २०३.६४% बढोत्तरी गरेर २ करोड ९१ लाख १ हजार रुपैयाँ पुर्याएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको देखेर संस्थाको खुद नाफा पनि बढेको देखिन्छ। 
यता, संस्थाले ५६ करोड ६४ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २० करोड ४४ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ भने जगेडा  कोषमा ३ करोड ५० लाख ४६ हजार रुपैयाँ जम्मा भएको छ ।
यता संस्थाको खराब कर्जा अनुपात ०.५३% रहेको छ भने प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७३ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: