×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आईएमई बैंकको नयाँ शाखा नवलपरासीको गैंडाकोटमा, प्रदेश सांसद कृष्णचन्द्र नेपालीले गरे उद्घाटन

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले पौष १६ गते नवलपरासीको बर्दघाट सुस्ता–पूर्व जिल्लाको गैंडाकोटमा नयाँ शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । उक्त नयाँ शाखाको औपचारिक समुद्घाटन प्रदेश सांसद कृष्णचन्द्र नेपालीले गरे । 
उक्त शाखाको औपचारिक समुद्घाटन गर्दै सांसद नेपालीले गैंडाकोटमा लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आईएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुग्ने बताए । त्यसैगरी गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बैंकले गैंडाकोटको आर्थिक समृद्धिमा थप सहयोग गरेको जानकारी दिए । 
यसैगरी ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोहि क्षेत्रमा प्रयोग गर्ने बताउनुभयो । आफुहरु सधैँ आर्थिक समृद्धिको लागि अगाडि बढ्ने भन्दै साझेदारीको सिद्धान्तलाई आत्मासाथ गर्नु पर्ने समेत बताए । साथै गैंडाकोट र वरपरका क्षेत्रलाई इन्भेष्टमेन्ट हवको रुपमा स्थापित गर्ने लक्ष्य रहेको र ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको कुरा व्यक्त गरे । 
हाल बैंकको १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि र सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजारभन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: