×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले गर्यो प्रगति, खुद नाफा ९.६६% ले वृद्धि

काठमाडौं – गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ९.६६% ले वृद्धि भएर ३ करोड ३४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीको खुद नाफा ३ करोड ५ लाख ४२ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो । 
कम्पनीको खुद ब्याज २७.१९% वृद्धि भएको छ । गत वर्ष ५ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस कम्पनीले अहिले बढाएर ७ करोड ४५ लाख ८६ हजार रुपैयाँ पुर्याएको छ । यता सञ्चालक नाफा ३.६२% ले बढोत्तरी गरेर ५ करोड २२ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ। 
 कम्पनीको निक्षेप संकलन ३ अर्ब २९ करोड ६४ लाख रुपैयाँ गरेर कर्जा प्रवाह २ अर्ब ९० करोड ३२ लाख ६३ हजार रुपैयाँ गरेको छ भने जगेडा कोषमा १५ करोड ९६ लाख ५५ हजार रुपैयाँ छ । 
कम्पनीको खराब कर्जा ०.६८% रहेको छ भने प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३७ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९६ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: