×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन बैंकको खुद नाफा २३.६२% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – हिमालयन बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्बजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा २३.६२% ले बढोत्तरी गरेर १ अर्ब ३६ करोड ७० लाख ४३ हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष बैंकको खुद नाफा १ अर्ब १० करोड ५८ लाख ७७ हजार रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा क्रमस: ३३.३७% र २१.५२% वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ४९ करोड ३४ लाख ३८ हजार रुपैयाँ भएको छ भने सञ्चालन नाफा ३ अर्ब १२ करोड ३० लाख १२ हजार पुर्याएको छ ।
यो दोस्रो त्रैमाससम्म आउँदा बैंकले १ खर्ब ६ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरि ९८ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ ।  हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख ५६ हजार रुपैयाँ छ भने रिजर्भ कोष २९.१५% बढाएर ६ अर्ब ६ करोड ६० लाख ४० हजार रुपैयाँ पुर्याएको छ ।
बैंकको खराब कर्जा १.३२%बाट गतेरा १.२५% मा सीमित रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ २० पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: