हिमाल दोलखा हाइड्रोपावर ७८ लाख कित्ता आइपीओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं - हिमाल दोलखा हाइड्रोपावर कम्पनीले ७८ लाख कित्ता आइपीओ आउने भएको छ । कम्पनीले आइपिओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १६ लाख कित्ता र सर्वसाधारणलाई ६२ लाख कित्ता गरी कुल ७८ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।

यो आइपीओमा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । हिमाल दोलखाले विभिन्न हाइड्रोपावर परियोजनामा लगानी गर्दै आएको छ । यसले ४.५ मेगावाटको माइखोला साना जलविद्युत आयोजना सम्पन्न गरेको छ । यस्तै, ८ मेगावाटको माई साना क्यास्केड हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ ।
प्रकाशित मिति : Wednesday, January 16, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal