×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सान्जेन जलविद्युतको ९१ लाख २५ हजार कित्ता आइपीओ आउँदै, कहिले हुँदैछ साधारणसभा ?

एजिएम नोटिस :
कम्पनी : सान्जेन जलविद्युत कम्पनी
इभेन्ट : साधारण सभा 
हुने मिति : पुस २० गते 
विवरण :
सान्जेन जलविद्युत कम्पनीको शुक्रबार (पुस २० गते) साधारण सभा बोलाएको छ । सान्जेनले सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि समेत गरी कुल ९१ लाख २५ हजार कित्ता आइपीओ ल्याउँदैछ ।
कम्पनीले सर्वसाधारणका लागि ५४ लाख ७५ हजार कित्ता र आयोजना प्रभावित रसुवा जिल्लका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता आइपीओ खुला गर्ने तयारी गरेको हो । यसमा सनराइज क्यापिटल र एनएमबि क्यापिटलले सह–निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछन् । प्रमुख निष्कासन तथा बिक्री प्रबन्धकको काम भने नागरिक लगानी कोषले गर्नेछ ।
साधारण सभाका प्रस्ताव :
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने ।
आर्थिक वर्ष २०७५ असार मसान्त सम्मको नाफा नोक्सान सम्बन्धमा पनि छलफल गरिने
आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: