×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइसीएफसी फाइनान्सको खुद नाफामा १४.०६% ले गिरावट, अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – आइसीएफसी फाइनान्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ। सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १४.०६% ले घटेको छ । गत वर्ष ७ करोड १८ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले अहिले ६ करोड १७ लाख ७ हजार रुपैयाँ मात्र खुद नाफामा सिमित रहेको छ । 
यता बैंकको खुद ब्याज आम्दानी ३५.४८% वृद्धि भएको छ । गत वर्ष १२ करोड १५ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा १६ करोड ४६ लाख ४६ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा ५१.६६% ले बढोत्तरी गरेर ७ करोड ९१ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । 
कम्पनीले  ९ अर्ब २ करोड ३ लाख २९ हजार निक्षेप संकलन गरी ७ अर्ब ६० करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने हाल यस कम्पनीको चुक्ता पुँजी ८८ करोड २१ लाख ७२ हजार रुपैयाँ रहेको छ । साथै, कम्पनीको जगेडा कोषमा २७ करोड ४१ लाख ४१ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको खराब कर्जा अनुपात ०.३२% रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ र प्रतिसेयर नेवटर्थ १३१ रुपैयाँ ०८ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: