×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बीमामा पनि ‘क्वाक एजेन्ट’को बिगबिगी : ‘एजेन्ट मामाकी साथीकी साली, भाडाको लाइसेन्स बोक्ने आफ्नी घरवाली…’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँको कोटेश्वर बस्ने रामहरि शर्मा (नाम परिवर्तन) लाई महादेवस्थान वरपरका चिया पसलमा भेटियो भने उनी बीमा सम्बन्धि खुब गफ हानिरहेका हुन्छन् । ‘बीमा गर्नुस्, यति फाइदा हुन्छ र उति फाइदा हुन्छ’ भन्ने उनको गफ सुन्नेहरु पनि उनलाई जिज्ञासा राखीरहेका हुन्छन् । ‘मेरोचाहीं लाइसेन्स छैन, काम गर्ने मेरी बुडीले हो’ झट्ट सुन्दा कति इमान्दार मान्छेजस्ता लाग्छन् उनी । प्राइम लाइफ इन्स्योरेन्समा बीमा गर्नुपर्छ भन्दै उनी गफ हान्दै गरेको अवस्थामा प्राय कोटेश्वरको महादेवस्थान वरपर नै भेटिन्छन् । तर उनको यथार्थ भने बेग्लै छ । उनकी श्रीमती पनि बीमाको काम त गर्छिन्, तर उनीसँग लाइसेन्स छैन । ८ कक्षा पढेका श्रीमान् र सामान्य लेखपढ मात्र गर्न जान्ने श्रीमती आफुलाई बीमाको ठुलै एजेन्ट हुँ जसरी प्रस्तुत हुन्छन् । यसरी नै उनीहरुले थुप्रैको बीमा समेत गराईदिएका छन् । तर उनीहरुले बोक्ने लाइसेन्स भने उनीहरुको होइन । श्रीमानका मामाकि साथीकि सालीसँग भएको लाइसेन्सको कोड प्रयोग गरेर उनीहरुले काम गरिरहेका छन् ।
कमिसन ७० -३० ! नक्कलीले गर्दा सक्कलीहरु मर्कामा !
यसरी भाडामा लाइसेन्स दिएर काम गर्नेलाई पनि फाइदा नै हुने रहेछ । किनकि आफुले कुनै काम गर्नु नपर्ने तर ३० प्रतिशत कमिसन पाइने । यसो त कानुनी रुपमा सबै कमिसन लाइसेन्स हुनेकै हुन्छ । पछि नक्कलीहरुले दावी पनि गर्न पाउँदैनन् । तर विश्वासकै भरमा कानुनले बन्देज गरेको काम खुलेआम भइरहेको छ । माथि उल्लेखित घटना त प्रतिनिधि घटनामात्र हो । यसरी नक्कली एजेन्ट अर्थात चलनचल्तीको भाषामा ‘क्वाक एजेन्ट’हरुले नेपाली बीमा क्षेत्रमा रिस्क बढेको छ । ‘कुरा अभिकर्ता कोडको न हो । तपाईंको लाइसेन्स देखाउनुस् त भनेर कसले सोध्छ र ? नक्कलीहरुले हामी सक्कलीहरुलाई गाह्रो बनायो ।’ बीमा अभिकर्ता सुमन पौडेल भन्छन्, ‘एसएलसी पास नभएकाहरुले यसरी गलत काम गरिरहेका छन् । यसले केहि गलत भएको खण्डमा बीमितको जिम्मा कसले लिने भन्ने प्रश्न पनि आउँछ । बीमा समितिले यस विषयमा सचेतना कार्यक्रम ल्याउनुपर्छ । बीमितिहरुले पनि आफ्नो बीमा गर्छु भनेर आएकाहरुको लाइसेन्स माग्नुपर्छ ।’
कानुनले भन्छ, ‘त्यसो गर्न मिल्दैन’, नक्कली भन्छन्, ‘गरिराख्या छ, किन नमिल्नु?’
यसो त कानुनले स्पष्टसँग यसरी काम गर्न नमिल्ने उल्लेख गरेको छ । प्रचलित बीमा सम्बन्धि ऐन र बीमा समितिको प्रावधान हेर्ने हो भने कुनै पनि बीमा अभिकर्ताले कम्तीमा पनि तीन दिनको अभिकर्ता तालिम लिएको हुनुपर्छ । कानुन अनुसार बीमा अभिकर्ताले कुनै पनि बेला देखाउने सर्तमा आफ्नो लाइसेन्स आफैंसँग राख्नुपर्छ । अरुको लाइसेन्स प्रयोग गर्ने छुट कसैलाई छैन । तर बजारमा मनपरी भइरहेको छ तर नियामक चुप छ । क्वालिफिकेसन नपुगेका गृहिणीहरुले अरुको लाइसेन्स प्रयोग गरिरहेका छन् । बीमा चेतना बढेको भएपनि भैपरि आउँदा त्यसको रिस्क ठूलो हुन सक्छ भन्ने कुरामा सबैजना सचित हुन जरुरी छ । यसो त बजारमा आफुलाई बीमाको ‘डन’ नै हुँ भन्दै हिड्नेसँग पनि लाइसेन्स नभएको देखिएको छ । एसएलसीको टेष्ट मै फेल भएका कारण अरुको लाइसेन्स प्रयोग गर्दै हिंडेकाहरुले बीमा सम्बन्धि गलत प्रचार गर्ने, अरुले ल्याएको क्लाइन्ट पनि खोस्ने लगायतका गलत काम गरिरहेका छन् । यो विषय सक्कली अभिकर्ताहरुलाई भने टाउको दुखाइको विषय बनेको छ । यता कतिपयले त आफुले एसएलसी पास नगरेकाले आफुले अरुको लाइसेन्स प्रयोग गरेको समेत बताउँछन् । ‘यसरी गर्न मिल्छ र ? भन्ने प्रश्न गर्दा उनीहरुको मिठो जवाफ आउँछ, ‘५० जना बढीको गरिसकें, किन नमिल्नु ?’
कसरी चिन्ने सक्कली र नक्कली ?
तपाईं बीमा गराउंदै हुनुहुन्छ भने तपाईंले ढुक्कसँग बीमा अभिकर्ताको लाइसेन्स देखाइ-माग्न सक्नुहुन्छ । यो बीमा गर्नेहरुको अधिकार हो । नियम अनुसार बीमा अभिकर्ता लाइसेन्स अभिकर्ताले आफुसँगै राखेको हुनुपर्छ ।बीमा गर्नेहरु आफैं सचेत भए यस्तो समस्या हुँदैन । यसरी अरुको लाइसेन्स प्रयोग गरेर कसैले बीमा गरिरहेको थाहा पाए बीमा समितिमा लाइसेन्स होल्डरको ओरिजिनल व्यक्तिका विरुद्ध बीमा समितिमा उजुरी पर्न गर्न मिल्छ । यसरी उजुरी गरिएको खण्डमा नीजलाई कारवाही हुने तर्क बीमा समितिको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: