×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जानकी फाइनान्सले गर्यो कमालको प्रगति, खुद नाफा ६१.२९% ले वृद्धि गरि कमायो ३ करोड ८७ लाख ७६ हजार रुपैयाँ

काठमाडौं – जानकी फाइनान्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्बजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ६१.२९% ले वृद्धि गरि ३ करोड ८७ लाख ७६ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । गत वर्ष कम्पनीले २ करोड ४० लाख ४० हजार रुपैयाँ खुद आर्जन गरेको थियो ।
त्यस्तै गरि कम्पनीको खुद ब्याज आम्दानी पनि ८६.३७% ले बढाएर ७ करोड १० लाख ६० हजार रुपैयाँ पुर्याइएको छ । सञ्चालन नाफा पनि १ करोड २५ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४९ करोड २१ लाख ४० हजार रुपैयाँ छ भने जगेडा कोषमा २० करोड ९३ लाख ८७ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा ४.७७% रहेको छ भने प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ५५ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: