×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तले गर्यो २०% बोनस सेयर दिने घोषणा

काठमाडौं – जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले २०% बोनस सेयर दिने घोषणा गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समिति १२७औँ बैठकले आर्थिक वर्ष २०७४/७५को मुनाफाबाट सेयरधनीलाई २०% बोनस सेयर दिने निर्णय गरेको हो । यस्तै, कर तिर्न ३ लाख ३ हजार १५७ रुपैयाँ नगद लाभांश दिने भएको छ। उक्त लाभांश प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ । 
यता, कम्पनीले यस अघिको वार्षिक साधारण सभाबाट १००% हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो । उक्त हकप्रदपछि भने बोनसदर १०% हुने कम्पनीले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ रहेको छ। हकप्रद र बोनसपछि यसको चुक्ता पुँजी ६ करोड ३३ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: