×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकले गर्यो प्रगति, खुद नाफा १९.६०% वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

ज्योति विकास बैंकले गर्यो प्रगति, खुद नाफा १९.६०% वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

काठमाडौं : ज्योति विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १९.६०% वृद्धि गरेर १७ करोड ४ लाख ४८ हजार रुपैयाँ कमाएको छ । गत वर्ष ज्योतिले १४ करोड २५ लाख ८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यता बैंकको खुद ब्याज आम्दानी ३६.६१% बढोत्तरी गरेर ४६ करोड ६६ लाख ७६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ३४ करोड १५ लाख रुपैयाँ रहेको थियो। यसैगइ सञ्चालन नाफा २१.९२% ले वृद्धि गरेर २६ करोड ७६ लाख २३ हजार पुगेको छ । 
बैंकले निक्षेप संकलन २३ अर्ब ५८ करोड ४८ लाख ७५ हजार  गरेर २० अर्ब ३३ करोड ३९ लाख २९ हजार कर्जा प्रवाह गरेको छ । त्यस्तै गरि बैंकको चुक्ता चुक्ता पुँजी २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४५ करोड ७४ लाख ६२ हजार रुपैयाँ रहेको छ । 
बैंकको खराब कर्जा ०.५९% मा रहेको छ भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ १४ पैसा र प्रतिसेयर नेटवर्थ  ११७ रुपैयाँ ६४ पैसा पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: