×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

काबेली विकास बैंकको खुद नाफा २९.५४% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – काबेली विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा २९.५४% ले वृद्धि  गरेर १ करोड ३ लाख ८५ हजार रुपैयाँ कमाएको छ ।  गत वर्ष बैंकले ८० लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ३ करोड ७५ लाख ५० हजार रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा  ४५.४५% ले धेरै हो। गत वर्ष बैंकले २ करोड ५८ लाख १५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यस अवधिमा १ करोड ४८ लाख २३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।
बैंकले ८६ करोड ७० लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७८ करोड ३२ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
हाल बैंकको चुक्ता पुँजी २८ करोड ४२ लाख ९७ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४ करोड ११ लाख ५९ हजार रुपैयाँमा रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११४रुपैयाँ ४८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: