×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलाश विकास बैंक र नेपाल मेडिसिटी अस्पतालबिच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौँ – कैलाश विकास बैंक र नेपाल मेडिसिटी अस्पताल विच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठ र अस्पतालका तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन् । 
उक्त सम्झौता पश्चात नेपाल मेडिसिटी अस्पतालले बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहकवर्ग तथा कर्मचारीहरुलाई उपचार खर्चमा आकर्षक छुट सुविधा प्रदान गर्ने बैंकका प्रमुख कार्याकारी अधिकृत अमृत चरण श्रेष्ठले जानकारी दिए । 
हाल बैंकले ८५ शाखा कार्यलय, ३१ एटिएम मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदा नगर्दै आएको छ । निकट भविष्यमा काठमाण्डौका बिभिन्न ४ स्थान तथा देशका अन्य ८ ठाँउमा शाखा विस्तार गर्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: