कालिका लघुवित्त उकालो लाग्न असफल, खुद नाफा २४.८१% ले गिरावट


काठमाडौं - कालिका लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ४९ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २४.८१% कम हो । गत वर्ष यो कम्पनीले ६५ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कालिकाले खुद ब्याज आम्दानी ४५.६४% बढोत्तरी गरेर ६ करोड २ लाख ८८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले ४ करोड १३ लाख ९४ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै गरि कम्पनीको सञ्चालन नाफा १ करोड २ लाख ७६ हजार रुपैयाँबाट घटेर २७ लाख ८१ हजार रुपैयाँमा सीमित रहेको छ ।

यता कम्पनीको निक्षेप संकलन ६० करोड २६ लाख ५४ हजार रुपैयाँ रहेको छ भने कर्जा लगानी १ अर्ब ५३ करोड ८ लाख ७९ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पुँजी १० करोड ८० लाख रुपैयाँ छ भने जगेडा कोषमा ५ करोड १८ लाख ७६ हजार रुपैयाँ जम्मा छ । 

बैंकको खराब कर्जा १.५९% रहेको छ भने प्रतिसेयर आम्दानी ९ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ भने १४८ रुपैयाँ ०३ पैसा छ ।
प्रकाशित मिति : Wednesday, January 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal