×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कालिका लघुवित्त वित्तीय संस्थाले गर्यो ७५% हकप्रद जारी गर्ने घोषणा

काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्थाले ७५% हकप्रद जारी गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको १६३ औँ बैठकले गत असार मसान्तसम्म कायम १० करोड रुपैयाँ चुक्ता पुँजीको ७५% हकप्रद जारी गर्ने निर्णय गरेको हो । हकप्रद जारी गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने संस्थाले जनाएको छ ।
यता, कालिकाले ८% बोनस सेयर दिने घोषणा गरिसकेको छ । उक्ता बोनस प्रस्ताव पनि आगामी वार्षिक साधारण सभामा पेश हुनेछ । कम्पनीको चुक्ता पुँजी १० करोड रुपियाँ रहेको छ । कम्पनीले १० करोड रुपैयाँ पुँजीकै ८% बोनस दिन लागेको हो । प्रस्तावित बोनस र हकप्रदपछि चुक्ता पुँजी १८ करोड ३० लाख रुपैयाँ पुग्नेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: