कामना सेवा र सुर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन बीमा पोलिसी खरिद गर्न सकिने

काठमाडौँ - कामना सेवा विकास बैंक र सुर्या लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे । 

सम्झौतापश्चात बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । 

हाल बैंकको ६३ वटा शाखा तथा १७ एटिएममार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । समय सापेक्ष आफ्ना सेवाहरु थप गर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Thursday, January 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal