×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवाले गर्यो झिनो प्रगति, खुद नाफा १.६३% ले वृद्धि

काठमाडौं – कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १.६३% ले वृद्धि गरेको छ । गत वर्षको १३ करोड ६० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाए बैंकले यस वर्ष झिनो वृद्धि गरेर १३ करोड ८२ लाख ३३ हजार रुपैयाँ पुर्याएको छ ।
यता, बैंकको खुद ब्याज आम्दानी २२.४९% ले बढोत्तरी गरेर ३७ करोड ८४ लाख २१ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा १८ करोड ८३ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
 बैंकले १७ अर्ब २७ करोड ८५ लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ७४ करोड ३९ लाख ८७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब ५ करोड ३२ लाख ७४ हजार रुपैयाँ जम्मा भएको छ ।
 यसको खराब कर्जा अनुपात १.६७% रहेको छ भने प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ९ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: