×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकको खुद नाफा ३२.२३% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – कुमारी बैंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ६७ करोड ६२ लाख ४४ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ३२.२३% ले धेरै हो । गत वर्ष बैंकको खुद नाफा  ५१ करोड १४ लाख २२ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ६६.९६% र ३५.०३% वृद्धि भएको छ। गत वर्ष यही अवधिमा ९० करोड ८६ लाख ६० हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष १ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँ कमाएको छ । बैंकको सञ्चालन नाफा ९६ करोड ६० लाख ६३ हजार आर्जन गरेको छ ।
यता बैंकको ७५ अर्ब ४४ करोड ८५ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब ७७ करोड २२ लाख ३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने जगेडा कोषमा ४ अर्ब २९ करोड ९ लाख ४६ हजार रुपैयाँ जम्मा रहेको छ ।
बैंकको खराब कर्जा १.२२% रहेको छ भने प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ९० पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: