×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंकले ८.५% बोनस सेयर दिँदै

काठमाडौं : कुमारी बैंकले ८.५% बोनस सेयर दिने घोषणा गरेको छ ।  बैंकको बुधबार बसेको सञ्चालक समिति ७६ औँ बैठकले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट ८.५% बोनस सेयर दिने निर्णय गरेको हो । बैंकले बोनसमा ६० करोड ८८ लाख ८८ हजार रुपैयाँ खर्च गर्नेछ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । यस्तै, कुमारीले ४ वटा संस्थालाई गाभेर एकीकृत कारोबार गरेको मिति २०७४ असार १६ गतेदेखि २ वर्षभित्र गाभिएको अवस्थामा कायम सेयरधनीलाई कर नलाग्ने भएकाले छुट्टै नगद लाभांशको व्यवस्था नगरिएको जनाएको छ । बैंकले तत्कालीन पश्चिमाञ्चल फाइनान्स तथा काँक्रेविहार, महाकाली र काष्ठमण्डप विकास बैंकलाई गाभेको थियो ।

हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: