×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मी बैंंकको खुद नाफा ३१.५६% ले वृद्धि, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – लक्ष्मी बैंंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ७२ करोड ३७ लाख ९१ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलानाम ३१.५६% ले धेरै हो । गर्त वर्ष यही अवधिमा बैंकको खुद नाफा ५५ करोड १ लाख ५७ हजार रुपैयाँ मात्र कमाएको थियो ।  
बैंकको खुद ब्याज आम्दानी ४१.४९% बढोत्तरी गरेर १ अर्ब ४५ करोड ४३ लाख ३१ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष १ अर्ब २ करोड ७८ लाख ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यता सञ्चालन नाफा ३२.१०% ले बढेर १ अर्ब ७ करोड ८३ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । 
यो त्रैमाससम्म आउँदा बैंकले ७७.५६% वृद्धि गरि ७५ अर्ब ८९ करोड ४५ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७० अर्ब ५७ करोड १२ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ छ। जगेडा कोष  ४८.५३% ले बढेर ४ अर्ब ४४ करोड ६१ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।
बैंकको खराब कर्जा १.११% रहेको छ भने प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ भने १५४ रुपैयाँ ८ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: