लक्ष्मी लघुवित्तको खुद नाफा ८.८७% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?


काठमाडौं - लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा  ४ करोड ८५ लाख १७ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ८.८७% धेरै हो । गत वर्ष लक्ष्मीले ४ करोड ४५ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

संस्थाले खुद ब्याज आम्दानी १६.३६% ले बढोत्तरी गरेर १३ करोड ६६ लाख ३० हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष संस्थाले ११ करोड ७४ लाख १० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ७ करोड ६२ लाख २५ हजार रुपैयाँ कमाएको छ । 

यता संस्थाकको निक्षेप संकलन १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ गरेर कर्जा लगानी ३ अर्ब १२ करोड ८० लाख ४५ हजार रुपैयाँ गरेको छ भने जगेडा कोषमा १८ करोड ४३ लाख ७ हजार रुपैयाँ छ । 

संस्थाको खराब कर्जा १.२१% भएको छ भने प्रतिसेयर आम्दानी ४० रुपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ १६ पैसा रहेको छ ।
प्रकाशित मिति : Monday, January 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal