×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लुम्बिनी विकास बैंकले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ६३.१५% ले वृद्धि हुँदा यस्तो छ अन्य सुचकको विवरण

काठमाडौं : लुम्बिनी विकास बैंकको आर्थिक वर्ष २०७५/७६को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकको अवस्थामा व्यापक सुधार भएको देखिएको छ । बैंकको खुद नाफा ६३.१५% ले वृद्धि भएको छ।  गत वर्ष १४ करोड ३७ लाख ९८ हजार रुपैयाँ मात्र खुद नाफा रहेको बैंकको यस त्रैमासमा बढेर २३ करोड ४६ लाख ९ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । 
त्यस्तै गरि बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि व्यापक सुधार गरेको छ।  बैंकको खुद ब्याज आम्दानी ४५.५३% ले वृद्धि गरेको छ। गत वर्ष बैंकको ३२ करोड ४५ लाख ५० हजार रुपैयाँ  खुद ब्याज आम्दानी रहेकोमा अहिले बढाएर ४७ करोड २९ लाख १ हजार पुर्याउन सफल भएको छ भने सञ्चालन नाफा ३२ करोड ८८ लाख ८६ आर्जन गरेको छ । 
बैंकले निक्षेप संकलन २३ अर्ब ४४ करोड २६ लाख ६३ हजार रुपैयाँ गरी २१ अर्ब ७२ करोड ३० लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै गरी बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड ५२ लाख ७२ हजार रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ३५ करोड ६१ लाख १० हजार रुपैयाँ रहेको छ । 
बैंकको खराब कर्जा २.३१% रहेको छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७ पैसा र प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ३४ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: