×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेरो माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा ७९.०७% ले वृद्धि

काठमाडौं – मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तिय विवरण सार्बजनिक गरेको छ ।  सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ७९.०७% ले वृद्धि भएको छ।  गत वर्ष ३ करोड ४५ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले यस वर्ष ६ करोड १८ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । 
यस त्रैमासमा संस्थाको ब्याज आम्दानी ४६.५७% ले बढेर १५ करोड ७ लाख ६८ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ४ करोड २९ लाख २३ हजार रुपैयाँले बढेर ९ करोड ७२ लाख ५ हजार रुपैयाँ पुगेको छ ।
यता संस्थाको निक्षेप संकलन ९६ करोड ४२ हजार रुपैयाँ रहेको छ भने कर्जा लगानी ३ अर्ब ९९ करोड ४७ लाख ३६ हजार रुपैयाँ गरेको छ  । संस्थाको जगेडा कोष ०.९०% ले वृद्धि गरी १३ करोड ८६ लाख २७ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकको खराब कर्जा अनुपात १.८७% रहेको छ भने प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १५ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: