×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

शाखा विस्तारमा अघि बढ्दै माछापुच्छ्रे बैंक, एकैसाथ ३ नयाँ शाखा सञ्चालकनमा

काठमाडौं – माछापुच्छ्रे बैंकले ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं स्थित कुलेश्वर, तनहुँस्थित भिमाद र कन्चनपुर स्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्त्तरोन्नती गरी सञ्चालनमा ल्याएको हो ।
बैंकको काठमाडौं महानगरपालिका स्थित कुलेश्वर शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. विरेन्द्र प्रसाद महताले गरेका छन् । यस्तै बैंकको कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरिएको छ । यस सँगै काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १९ पुगेको छ ।
बैंकका सात प्रदेशमा ९३ वटा शाखाहरु र ५२ शाखा रहित बैकिङ्ग सेवासमेत गरी जम्मा १४५ स्थानवाट ग्राहकहरुमा बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । हाल देशभर ११२ वटा एटीएमहरु संचालनमा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: