माछापुच्छ्रे बैंकको नयाँ शाखा कोटेश्वरमा, सञ्चालक राम मान श्रेष्ठले गरे उद्घाटन

काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडले कोटेश्वर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मिति २०७५ साल पौष १८ गते काठमाडौँ महानगरपालिका स्थित कोटेश्वर शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक राम मान श्रेष्ठले गरे । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखामा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको छ। यस सगैँ काठमाडौं उपत्यकाभित्र बैंकको शाखा सङ्ख्या १८ पुगेको छ । 

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ८८ वटा शाखाहरु र ५१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बंैकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ। 
प्रकाशित मिति : Wednesday, January 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal