माछापुच्छ्रे बैंकको साधारण सभा सुरु, सभामा के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस : 
कम्पनी : माछापुच्छ्रे बैंक
इभेन्ट : साधारण सभा
विशेष साधारण सभा : पुस २० गते 

विवरण :
माछापुच्छ्रे बैंकको साधारण सभा बिहान ११ बजेदेखि होटल पोखरा ग्रान्ड पार्दि, पोखरामा सुरु भएको छ ।

साधारण सभाका प्रस्ताव : 
१०% नगद लाभांश दिने,
बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर वा प्राप्ति) विषयमा छलफल गर्न ।
वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल–अलच सम्पति र दायित्व तथा कारोबारको मूल्यांकनलगायत सम्पूर्ण कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने ।
सञ्चालक समितिमा सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट कम्तिमा १ जना महिला सञ्चालक रहने विशेष प्रस्ताव लैजाँदै ।
बैंकले आफैं वा सहायक कम्पनी स्थापना गरी जीवन बिमा, निर्जीवान बिमा, भेन्चर क्यापिटल, हेज फन्ड, सेयर ब्रोकर मर्चेन्ट बैंक, क्रेडिट रेटिङ लगायत काम गर्ने ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ५ करोड ५६ लाख ९३ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३७ करोड १६ लाख ९२ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ४६ पैसा
प्रतिसेयर नेटवर्थ : १३३ रुपैयाँ ३६ पैसा ।
प्रकाशित मिति : Friday, January 04, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal