×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंकको नेपाल मेडिसिटि अस्पतालसँग सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा ७% सम्म छुट

काठमाडौँ – माछापुच्छ्रे बैंक र नेपाल मेडिसिटि अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा नेपाल मेडिसिटि अस्पतालको तर्फबाट जनरल म्यानेजर विजय रिमालले हस्ताक्षर गरे । 
सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले नेपाल मेडिसिटि अस्पतालका सेवाहरुमा ७% सम्मको छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुत्तानी गर्दा पाउन सक्नेछन् । नेपाल मेडिसिटिले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८७ वटा शाखाहरु लगायत ५१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १३८ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु सञ्चालनमा रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: