×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमालेख सेवा खरिद गर्न सकिने

काठमाडौं – महालक्ष्मी विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा महालक्ष्मी बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सगरमाथा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्नो निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धारा सेवा प्र्रणाली मार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने भएको छ । यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुक भरका शाखा /उपशाखा तथा एक्स्टन्शन काउण्टर र कार्यालय मार्फत महालक्ष्मी विकास बैंकका ग्राहकहरुले बैंकको शाखाहरुबाट छिटो छरितो तथा सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी रकम प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: