मेगा बैंकको एक्सटेन्सन काउन्टर रुपन्देहीको भैरहवामा, न्यायाधीश नरिश्वर भण्डारीले गरे उद्घाटन

काठमाडौँ - मेगा बैंक नेपालले रुपन्देही जिल्लाको भैरहवा स्थित अदालतमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश नरिश्वर भण्डारीले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको उद्घाटन गरे । 

बैंकको एक्सटेन्सन काउन्टरको संख्या १९ पुगेको छ । अन्य सरकारी कार्यालयहरुमा पनि यसरी नै एक्सटेन्सन काउन्टर विस्तार गरी सेवा सुविधा प्रदान गर्न मेगा बैंकको योजना रहेको छ । हाल बैंकका उपत्यकासहित देशभर १ सय २ वटा शाखा कार्यालयहरु छन् ।
प्रकाशित : Thursday, January 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal