×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंकको सिएसआर, बैंकद्धारा क्यान्सर र आँखा शिविरलाई सहयोग

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ । नेपाल अर्वुदरोग विजेता समाजबाट शनिबार काठमाडौँमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो । सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर आयोजनाका लागि सहयोग गरेको मेगा बैंकले जनाएको छ । 
काठमाडौँको सुविधानगर तीनकुनेस्थित मेट्रो आइकेयरमा आयोजना गरिएको शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरुको उल्लेख्य सहभागिता थियो । यसैगरी, महिला तथा पुरुष दुबैका लागि आयोजना गरिएको आँखा शिविरबाट सयौंंले परामर्श र उपचार पाएका छन् भने शिविरमा मेगा बैंकका ग्राहक तथा उनीहरुका परिवारको बढी सहभागिता थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: