मिथिला लघुवित्तले पायो ५०% हकप्रद सेयर बिक्री गर्ने अनुमति, बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल !


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मिथिला लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर आउने भएको छ । संस्थाले ५०% हकप्रद सेयर  बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २ः१ अनुपातमा ३ लाख २९ हजार ८९० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्रि प्रबन्धकको काम काठमाडौं क्यापिटलले गर्ने भएको छ ।

हाल मिथिलाको चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार ९४० रुपैयाँ छ । कम्पनीले यही पुँजीको १०.४५% बोनस सेयर दिने पनि घोषणा गरिसकेको छ । हकप्रद र बोनस सेयरपछि मिथिलाको चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : Tuesday, January 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal