×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकका कार्डवाहक ग्राहकले बि.बि होलिडेज ट्राभल एण्ड टुरले दिने सेवाहरुमा १०% सम्म छुट पाउने

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड र बि.बि होलिडेज ट्राभल एण्ड टुरबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई बि.बि होलिडेज ट्राभल एण्ड टुरको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो । 
उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सी र बि.बि होलिडेज ट्राभल एण्ड टुरको तर्फबाट प्रमुख के.एन लामिछानेले हस्ताक्षर गरे । सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले बि.बि होलिडेज ट्राभल एण्ड टुर नक्सालवाट ट्राभल एण्ड टुर तथा ट्रेकिङ्ग प्याकेजको सेवा लिए वापत तोकिएको सेवाहरुमा १० प्रतिशत छुट पाउनेछन् । 
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ तथा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: