मुक्तिनाथ विकास बैंकले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ५३.१२% ले वृद्धि गरि कमायो ४० करोड ४८ लाख ३० हजार रुपैयाँ


काठमाडौं - मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय  विवरण सार्वजनिक  भएको छ। सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ५३.१२% ले वृद्धि गरेर ४० करोड ४८ लाख ३० हजार रुपैयाँ कमाउन सफल भएको छ । गत वर्ष बैंकले २६ करोड ४३ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

यता बैंकको खुद ब्याज आम्दानी र सञ्चालक नाफा पनि बढ्दै गइरहेको छ । बैंकको खुद ब्याज आम्दानी ५३.८२%ले बढेर ८५ करोड ८७ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा पनि ५४.५९% ले बढोत्तरी गरेर ६२ करोड ५५ लाख १४ हजार रुपैयाँ पुर्याएको छ ।

बैंकले ३८ अर्ब १३ करोड ८२ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गर्न सफल भएको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८५ करोड ४९ लाख रुपैयाँ जम्मा भएको छ । 

बैंकको खराब कर्जा ०.०५% रहेको छ भने प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ८९ पैसा छ ।
प्रकाशित मिति : Wednesday, January 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal