मुक्तिनाथ विकास बैंकले ल्यायो नयाँ सेवा, अब घरमै बसेर खाता खोल्न सकिने

काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले अनलाईन सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सर्वसाधारणहरुलाई सेवा दिने हेतुले घरमै बसेर अनलाईनबाट खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको हो ।

बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट खाता खोल्न नयाँ अनलाईन सेवा सञ्चालन गरेको हो । देशभित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरुले यस प्रविधिको माध्यमबाट बैंकमा खाता खोल्न सक्नेछन् ।

उक्त सेवाबाट ग्राहकहरुले आफ्नो समयानुकुल बैंकको वेवसाईटबाट खाता खोल्न सक्नेछन् । हाल बैंकले १०२ वटा शाखा तथा २० वटा एटिएमबाट करिब छ लाख ग्राहकलाई बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रकाशित : Thursday, January 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal