×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा ललितपुरको कुपण्डोलमा, मेयर चिरीबाबु महर्जनले गरे उद्घाटन

काठमाडौं – ललितपुरको कुपण्डोलमा मुक्तिनाथ विकास बैंकको नयाँ शाखाको विस्तार भएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

प्रमुख अतिथि महर्जनले बैंकिङ्ग कारोवारमा सहज र सरल हुनुपर्ने जोड दिएका छन् । मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गर्न

उक्त कार्यक्रममा संचालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल ( धुर्मुस ), फ्रेण्डस् क्लवका अध्यक्ष राजीवराज पौडेलले बैंकको सफलताको शुभकामना मन्तब्य प्रस्तुत गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएको थियो । मुक्तिनाथ विकास बैंकको हालसम्म काठमाण्डाैं उपत्यका भित्र १४ शाखाहरु संचालनमा रहेका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: